Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सोमपाल कामीले अमेरिकाविरुद्धको खेल गुमाउने


    मंगलबार, असार ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सोमपाल कामीले आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकासँगको खेल गुमाउने भएका छन्।

    आइतबार जिम्बाब्वेसँगको खेलमा घाइते भएपछि सोमपालले अमेरिकाविरुद्धको खेल गुमाउने भएका हुन्।

    ३४औं ओभरमा बलिङ गर्दा घाइते भएपछि त्यो ओभर आरिफ शेखले गरेका थिए। चोटपछि सोमपालको स्थानमा फिल्डिङका लागि ज्ञानेन्द्र मल्ल मैदान आएका थिए।

    सोमपालको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसीले स्थान पाउन सक्छन्।

    नेपाल र अमेरिकाबीचको खेल दिउँसो पौने १ बजे जिम्बाब्वेको ताकसिंगा स्पोर्ट्स क्लबमा हुनेछ।

    नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले हारेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार