Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चा घोषणाको समय सर्‍यो


    सोमबार, असार ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणाको समय सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको हो।

    दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

    ‘उहाँ केही बेरअघि पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्‍याएको क्षति र त्यहाँको वस्तुस्थिति बुझन् जानुभएको छ,’ उनले भने।

    आज अपराह्न माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार