काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बाट महानगरभित्रका सबै हलहरुमा भारतीय (हिन्दी) सिनेमा चलाउन रोक लगाएको छ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालको राष्ट्रिय विभूतिका रुपमा रहेकी सीतालाई ‘भारतीय छोरी’ भन्दै गलत तवरबाट प्रस्तुत गरेपछि त्यसलाई सच्याउन मेयर बालेन शाहले ३ दिनको अल्टिमेटम दिएका थिए ।
तर आदिपुरुषले संवाद सच्याउन अटेर गरेपछि काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा बालेनले गरेका हुन् ।
महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका छन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जाने तयारीमा जुटेका हुन् ।
“हामी कानुन व्यवसायीहरूसँग छलफलमा छौँ । उहाँहरूसँग छलफल गरेर हिन्दी सिनेमा चलाउन नदिने काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध अदालतमा जाने तयारीमा छौँ,” सिनेमा घर क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले भने, “समय अभाव भएन भने हामी आजै अदालत जाने छौँ ।”
संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न मिल्छ कि मिल्दैन ? उनको प्रश्न छ ।
“सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । सञ्चार मन्त्रालयले पनि विज्ञप्तिमा सिनेमा चलाउन दिने वा नदिने स्पष्ट गरेको छैन, ध्यानाकर्षण भयो मात्रै भनेको छ,” उनले भने, “सेन्सर बोर्डले सेन्सर गरेर चलाउन दिएपछि चलाउन पाउनु पर्ने हो । सेन्सर बोर्ड संघीय सरकार मातहत हुने भएकाले त्यसको निर्णय मान्नु पर्छ कि पर्दैन भन्ने पनि सरकारले स्पष्ट गर्नु पर्ने हो ।”
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend