काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बाट महानगरभित्रका सबै हलहरुमा भारतीय (हिन्दी) सिनेमा चलाउन रोक लगाएको छ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालको राष्ट्रिय विभूतिका रुपमा रहेकी सीतालाई ‘भारतीय छोरी’ भन्दै गलत तवरबाट प्रस्तुत गरेपछि त्यसलाई सच्याउन मेयर बालेन शाहले ३ दिनको अल्टिमेटम दिएका थिए ।
तर आदिपुरुषले संवाद सच्याउन अटेर गरेपछि काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा बालेनले गरेका हुन् ।
महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका छन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जाने तयारीमा जुटेका हुन् ।
“हामी कानुन व्यवसायीहरूसँग छलफलमा छौँ । उहाँहरूसँग छलफल गरेर हिन्दी सिनेमा चलाउन नदिने काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध अदालतमा जाने तयारीमा छौँ,” सिनेमा घर क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले भने, “समय अभाव भएन भने हामी आजै अदालत जाने छौँ ।”
संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न मिल्छ कि मिल्दैन ? उनको प्रश्न छ ।
“सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । सञ्चार मन्त्रालयले पनि विज्ञप्तिमा सिनेमा चलाउन दिने वा नदिने स्पष्ट गरेको छैन, ध्यानाकर्षण भयो मात्रै भनेको छ,” उनले भने, “सेन्सर बोर्डले सेन्सर गरेर चलाउन दिएपछि चलाउन पाउनु पर्ने हो । सेन्सर बोर्ड संघीय सरकार मातहत हुने भएकाले त्यसको निर्णय मान्नु पर्छ कि पर्दैन भन्ने पनि सरकारले स्पष्ट गर्नु पर्ने हो ।”
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend