Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकन डलरको भाउ बढ्दा युरोको घट्यो


    मंगलबार, जेष्ठ ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ ५ पैसाले बढेको छ भने युरोको भाउ घटेको । जसअनुसार आज डलरको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ, हिजो डलरको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको थियो ।

    मंगलवार युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको छ भने हिजो युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको थियो ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ०७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा र जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ ।

    उता, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा तोकिएको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार