Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा


    सोमबार, जेष्ठ २९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नरसंहारकारी गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

    सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी आज सोमबार पेसी तोकिएको छ । उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।

    २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार