Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले भन्यो- गौरभन्दा पहिले माओवादीले हजारौं मान्छे मारेका हत्याकाण्डको छानबिन हुनुपर्छ


    शुक्रबार, साउन २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा राख्दै उक्त हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएपछि माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने अडान राखेको छ ।

    जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताए ।

    यादवले भने, ‘गौर हत्याकाण्ड माओवादीले निहुँ खोजेर भएको भन्ने पतिवेदन हरि घिमिरेको न्यायिक आयोगले समेत दिएको हो । अहिले आएर जुन नियतले यो कुरा उठाइएको छ, त्यसो हो भने माओवादीले गरेका हजारौंको हत्या काण्डहरुको पनि छानबिन हुनुपर्छ, किनभने पीडितहरूले जिल्ला जिल्लाबाट निवेदन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार