काठमाण्डौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाईएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले गौर हत्याकाण्डको दोषी भनेर किटानी जाहेरी परेको व्यक्तिलाई नै मन्त्री बनाईँदा सुशासन र कानूनी राज्य कसरी स्थापित हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।
‘आज गौर हत्याकाण्डको १७ वर्ष पुगेको दिन हो । म सर्वप्रथम महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । पीडित परिवारप्रति समवेदन व्यक्त गर्न चाहन्छु । झण्डै १७ वर्षदेखि लगातार संघर्षमा रहेका पीडित परिवारहरुसँग पटक पटक सरकारले न्यायको लागि प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत साउन २३ गते वर्तमान सरकारले गौर हत्याकाण्डको छानबिन गर्छु र दोषीलाई कारबाही गर्छु भनेर लिखित सहमति गर्यो । तर, आज ती घट्नामा मुछिएका र त्यो घट्नाको दोषी भनेर जसको नाममा जोहरी दरखास्त छ ।
विभिन्न न्यायिक आयोगले त्यो घट्नामा दोषी भनेर किटान गरेको व्यक्तिलाई मन्त्री बनाईयो,’ साहले भने, ‘यसरी सुशासन र कानूनी राज्यको कुरा अनि मानवअधिकारको कुरा गम्भीर भैरहेको सन्दर्भमा, यी र यस्ता घट्नाहरु जो मानवअधिकार र कानूनी शासनसँग जोडिएको छ । यसलाई कसरी प्राथमिकतामा लैजान्छौं र देशलाई आश्वस्त पार्छौं भन्ने प्रश्न गम्भीर भैरहेको छ । आगामी बजेटमा यस्ता विषयलाई प्राथमिकतामा राख्न माग गर्दछु ।’
देशमा आर्थिक संकट रहेको र उद्योग-धन्दा चौपट बनेको र मुठ्ठीभरका मान्छे मालामाल भएको उनले बताए । उनले अहिले खुलेआम देशको पैसा लुटेर विदेश लैजाने काम पनि भैरहेको टिप्पणी गरे । उनले भगौडा दलाल वर्गलाई कारबाही गरिनु पर्नेमासमेत उनले जोड दिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend