काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बाब्वे प्रस्थान गरेको छ । दक्षिण अफ्रिकाको भ्रमण पूरा गरेर जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपाली टोली जिम्बाब्वे प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपाली टोली विश्वकपको तयारीका लागि दक्षिण अफ्रिका पुगेको थियो । दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपालले दुबै खेलमा पराजय भोगेको थियो ।
छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेविरुद्ध जुन १८ तारिखमा खेल्ने छ । समूह ‘ए’ मा जिम्बाब्वेसँगै नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् ।
नेपालले समूह चरणको दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, तेस्रो खेल टेस्ट राष्ट्र तथा दुई पटकको विजेता वेस्ट इन्डिजसँग जुन २२ तथा चौथो खेल नेदरल्यान्ड्ससँग जुन २४ मा खेल्ने तालिका रहेको छ ।
छनोटको समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
नेपालले जिम्बाब्वेमा यूएई र ओमानविरुद्ध अभ्यास पनि खेल्ने तालिका रहेको छ । नेपालले यूएईसँग जुन १३ तथा ओमानसँग जुन १५ मा खेल्नेछ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend