काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू सभापतिमा नलड्ने भन्दै पार्टीका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापातर्फ लक्षित गर्दै नडराउन भनेका छन् । चितवनमा जारी प्रजातान्त्रिक कानुन व्यवसायीको महाधिवेशनका प्रमुख अतिथि रहेका देउवाले एमालेमा हटेको ७० वर्षे उमेर हदको कुरा जोड्दै अब विधान संशोधन गरेर सभापतिमा लड्ने हो कि भन्ने चिन्ता नलिन उनले आग्रह गरे ।
‘सभापति लड्ने साथीहरु नडराए हुन्छ । अब म सभापति लड्दिन । एमालेले उमेर हद हटाइसक्यो । हामी कहाँ उमेर हद त छैन तर तेस्रो पटक सभापति लड्न पाइँदैन । मैले हटाउन पर्छ भनेको छैन । साथीहरु नडराउँदा हुन्छ,’– उनले भने ।
देउवाले यसो भनिरहँदा नेृता कोइराला र महामन्त्री थापा पनि सोही कार्यक्रममा सहभागी थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend