Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • देउवा भन्छन्- ‘अब सभापति लड्दिन, नडराउँदा हुन्छ’


    शनिबार, जेष्ठ २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू सभापतिमा नलड्ने भन्दै पार्टीका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापातर्फ लक्षित गर्दै नडराउन भनेका छन् । चितवनमा जारी प्रजातान्त्रिक कानुन व्यवसायीको महाधिवेशनका प्रमुख अतिथि रहेका देउवाले एमालेमा हटेको ७० वर्षे उमेर हदको कुरा जोड्दै अब विधान संशोधन गरेर सभापतिमा लड्ने हो कि भन्ने चिन्ता नलिन उनले आग्रह गरे ।

    ‘सभापति लड्ने साथीहरु नडराए हुन्छ । अब म सभापति लड्दिन । एमालेले उमेर हद हटाइसक्यो । हामी कहाँ उमेर हद त छैन तर तेस्रो पटक सभापति लड्न पाइँदैन । मैले हटाउन पर्छ भनेको छैन । साथीहरु नडराउँदा हुन्छ,’– उनले भने ।

    देउवाले यसो भनिरहँदा नेृता कोइराला र महामन्त्री थापा पनि सोही कार्यक्रममा सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार