काठमाडौं । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण समग्रमा सफल भएको टिप्पणी गरेका छन् । पूर्वतयारीको अभावमा हवाई रुटबारे भने सम्झौता हुन नसकेको उनको जिकिर छ ।
सीमा विवाद समाधानमा बंगलादेश मोडलबारे प्रधानमन्त्रीले पूर्वतयारी बिना बोलेको सुमनको टिप्पणी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘प्रचण्डले अचम्मको कुरा गर्नुभयो । जब कि यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा र भारतीय पक्षले उठान गरेको थाहा छैन । हाम्रो प्रधानमन्त्रीको मनमा एकल रुपमा कसरी यस्तो विचार आयो ? यो नेपालको विचार होइन । भारतको पनि त्यस्तो विचार होइन । विषय उठेको पनि छैन, जरुरी पनि छैन ।’
उनले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुने पनि दाबी गरे । सुमनले भने, ‘नेपाल र भारतबीच सीमाका सानातिना समस्या छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नै ९८ प्रतिशत समाधान भयो भन्नुभएको छ । सीमाको समस्या साह्रै कम ठाउँमा मात्र छ । तर कथित राष्ट्रवादीहरुका कारण समय-समयमा संशय चाहिं भइरहन्छ । ‘चुच्चे नक्साका बारेमा भारतलाई विश्वस्त बनाउनु नेपालकै जिम्मेवारी भएको पनि सुमनले बताए ।
साथै उनले काठमाडौं महानगरपालिकाको कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर मेयर बालेन शाहले मूर्खता देखाएको आरोप पनि लगाए । उनले भने, ‘यो बालेनजीको मूर्खता हो । उहाँले टिट फर ट्याट जस्तो गरी केटौले व्यवहार गर्नुभएको छ । यो कसैलाई जिस्काउने धृष्टता हुन्छ । यो उहाँको बालापन हो । ऐतिहासिक कुरा इतिहासमा राख्ने कुरा हो । भारतले पनि महाभारतकालको नक्सा राखेको हो । यो बालेको उमेरदोष हो । कसैले गर् यो भन्दैमा नक्सा बनाएर पर्खालमा टाँसिहाल्नु जरुरी छैन । पद र ओहदामा रहेको जिम्मेवार व्यक्तिलाई सुहाउँदैन । बालेन र हर्क साम्पाङजति अनुशासनहीन जनप्रतिनिधि मैले देखेको छैन । यो अजिब हर्कत हो । उट्पट्याङ हो ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend