Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • तराई–मधेस केन्द्रित दलको मोर्चा बन्दै, आज कार्यदलको पहिलो बैठक


    मंगलबार, माघ १ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । तराई-मधेस केन्द्रित दलहरूले मोर्चा  गठनको तयारीलाइ तिब्रता दिएका छन् ।

    संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई-मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् ।

    जसअनुसार आज बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ ।

    सो बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुनेछन भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुँदैछन् ।

    उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहनेछन्  भने जनमत पार्टीवाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।

    यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये हृदयेश त्रिपाठी नेतृत्वको जन प्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराई-मधेस लोकतान्त्रिक पार्टीवाट  वृषेशचन्द लाल स्वयं उपस्थित हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार