काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पारेका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु विधेयक ल्याउने प्रक्रियाको विपक्षमा रहेको बताए ।
‘केही पक्षबाट नागरिक समाजमा हामी नागरिकता विधेयकको विपक्षमा थियौं भनेजस्तो प्रचारहरु भइराखेको छ । हामीले अस्ति पनि भन्यौं कि हामी त्यो प्रक्रियाको विरुद्धमा थियौं । विषयमा त संसद्मा आएपछि छलफल हुन्छ, त्यसपछि हामी हाम्रा धारणाहरु राख्छौं । मूलभूत रुपमा जो बाबुआमा नेपाली नागरिक छन्, उनीहरुका छोराछोरीले नेपाली नागरिकता पाउनु पर्दछ, वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा हाम्रो कुनै दुविधा र फरक मत छैन ।’ उनले भने, ‘तर, जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरुलाई छानविन हुनुपर्दछ र कारबाही हुनुपर्दछ भन्ने हाम्रो माग निरन्तर कायम छ ।’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend