काठमाडौँ। अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजार सीमित व्यक्तिको कब्जामा परेकाले आम लगानीकर्ताले नोक्सान व्यहोर्नु परेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले करिब ५६ लाख लगानीकर्तालाई देखाएर सेयर बजारमा सीमित व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाएका हुन् ।
‘सीमित व्यक्तिले चलखेल गरी बजार बढाउने/घटाउने काम भइरहेको रहेछ, उनीहरूका गतिविधिले आम सर्वसाधारण लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन,’ उनले भने, ‘यसलाई निस्तेज पार्न धितोपत्र बोर्ड लाग्नुपर्छ । सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन ।’ बजारमा मौलाउँदै गएको यस्तो विकृति रोक्नका लागि प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गर्न नेपाल धितोपत्र बोर्डलाई अर्थमन्त्री महतले निर्देशन दिएका छन् ।
यस्तै, कम्पनीको महत्वपूर्ण सूचना चुहाएर गर्ने भित्रि कारोबार पनि बजारमा रहेको अर्थमन्त्री महतले बताए । ‘सेयर बजारमा भित्री कारोबार भइरहेको सुन्नमा आउँछ,’ उनले थपे, ‘भन्ने बेला ५६ लाख लगानीकर्ता भनेर भन्ने अनि लाभ लिने बेलामा सीमित व्यक्तिले लिने यो ठीक भएन ।’
आगामी आर्थिक वर्षमा घोषणा भएको सेयर कारोबारमा करको विषयमा पनि तिनै सीमित व्यक्तिले विरोध गरेको उनले बताए । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने नागरिकहरूका लागि करका दरले कुनै फरक नपारेको पनि उनले बताए । सेयर बजारमा केही फाइदा लिन चाहनेहरूले कहाँ भन्दा के असर पर्छ भनेर प्रचार गर्दा गलत कुराको प्रचार भएको आर्थमन्त्री महतको भनाइ छ ।
बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको पनि उनले बताए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend