Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओलीले अर्थमन्त्रीसँग कुरा गर्छु भन्नुभएको छ: प्रदीप यादव


    मंगलबार, जेष्ठ २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादीका प्रमुख सचेतक प्रदीप यादवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री प्रकाशशरण महतसँग कुराकानी गर्ने बताएपछि संसद् बैठक सुरू हुन नसकेको टिप्पणी गरेका छन्।

    सदन खुलाउने विषयमा आज सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए।

    ‘बैठक सञ्चालन गर्ने सहमति भएको थियो। एमाले र राप्रपाले बोल्ने त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको हो। तर प्रमुख विपक्षी दलको नेताले अर्थमन्त्रीसँग म कुरा गर्छु भनेपछि बैठक बस्ने सहमति हुन सकेन,’ प्रमुख सचेतक यादवले भने।

    बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।

    आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक साढे १ बजेलाई सारिएको छ। प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।

    आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार