काठमाडौँ। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने महानगर भित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो ।
महानगरपालिकाले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई नियम अनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको विवरण पठाउन जेठ १० गते सूचना प्रकाशित गरेको थियो ।
सूचनामा जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा अनिवार्य रूपमा पठाउन भनिए पनि ३४२ विद्यालयले अटेर गरेकाले महानगरले पुनः ६ दिनको समय दिएर सूचनासहितको सूची सार्वजनिक गरेको हो ।
काठमाडौँ महानगरपालिकाले विवरण बुझाउन बाँकी रहेका विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न अन्तिम समय दिएको छ ।
उक्त समयभित्र विवरण पेस नगरे महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी गराएको छ ।
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend