काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ ।
कामपा उद्यान तथा हरियाली आयोजना प्रमुख नवराज थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै हालसम्म १० हजार वृक्षरोपण गरिसकेको र असारभित्र ९० हजार बिरुवा रोपिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राम्रोभन्दा पनि सधैं हरियो भइराख्ने भएकोले तीन प्रकारका बिरुवा रोप्न शुरू गरेका हौं ।’ उहाँका अनुसार साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका विरुवा रोप्ने कार्यक्रम छ ।
कामापाले हालसम्म सडक किनार, खाली क्षेत्र र पार्कमा वृक्षरोपण गरेको छ । कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्चलगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको हो । कामपाले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगंैचा पहिचान गर्न पत्राचार गरेको छ ।
वडा कार्यालयले गरेको सिफारिसको आधारमा कामपाको टोलीले वृक्षरोपण गर्नेछ । महानगरले धोवीखोला, इच्छुमति, रुद्रमती, विष्णुदेवी, वागमतीलगायत उपत्यकाभित्र भएर बग्ने खोला किनारामा वृक्षरोपण गर्ने जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैकिमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend