काठमाडौं । महानगरबासीलाई लागेको थियो, सुनिता डंगोलले काठमाडौं महानगर प्रमुखको बागडोर सम्हालेपछि ठूलै परिवर्तन हुन्छ । तर प्रमुखको जिम्मेवारी पाउँदा पनि उनले केही परिवर्तन गर्न सकेको महसुस महानगरबासीले गर्न सकेको छैनन् ।
मेयरको सचिवालय नहुँदा र सचिवालय प्रमुख जिम्मा पाएका सौरभ गौतमको गलत सल्लाहका कारण महानगर झन भद्रगोल भएको छ ।
डंगोलको कमजोर नेतृत्वका कारण कामपामा जुनियरले मस्ती गरिरहेका छन् भने सिनियर कर्मचारी कार्यालय गएर हाजिर गरेर फर्कनेमात्र काम भएको छ ।
तल्लो तहका महिला कर्मचारीले प्रमुख डंगोललाई गुमराहमा पारिरहेका छन् । स्रोतका अनुसार सम्पदा विभागमा कार्यरत कुमारी राई, वातावरण व्यवस्था विभागमा कार्यरत सरिता राई, विपद् व्यवस्थापन विभागमा कार्यरत प्रविण प्याकुरेल आठौं तहका कर्मचारी हुन् । यी जुनियरले महत्वपूर्ण जिम्मेवारी पाउँदा दशौं तहमा कार्यरत बलराम त्रिपाठी, नमराज ढकाल लगायत कर्मचारी कामविहीन भएका छन् ।
जुनियर कर्मचारीको कुरा सुनेर सिनियर कर्मचारीलाई कामविहीन बनाएकी मेयर डंगोलले शून्य प्रगति हासिल गरेको आरोप कर्मचारीको छ । डंगोलले माघ ५ गते कार्यबाहक मेयरको जिम्मेवारी पाइन् । लगत्तै सबै विभागीय प्रमुखसँग ब्रिफिङ गरिन् । त्यसको परिणाम खासै आउन सकेन । मेयर बालेन्द्र साहसँगै स्वतः हटेको शहरी योजना आयोगमा पुरानै उपाध्यक्षको हालीमुहाली छ ।
उपाध्यक्ष सुमननरसिह राजभण्डारी अहिले पनि कार्यालयमा हाजिर भइरहेका छन् । तर जिम्मेवारी पाउन सकेका छैन्न । कसले दिने मेयरलाई सल्लाह कसैको कुरा नसुनेपछि यस्तै हो–कर्मचारीको आरोप थियो । महानगरमा अहिले त प्रतिनिधिसभाको क्षेत्र नं–९मा एमालेबाट चुनावी प्रतिस्पर्धामा होमिएका अजयक्रान्ति शाक्यको हालिमुहाली छ । महानगरका एक अधिकारी भन्छन्–‘अजय सरले नभनेसम्म मेयर साबले केही गर्नुहुन्न ।’
‘कामपाको नाममा रहेको ७ रोपनी जग्गा गृहमन्त्रालयलाई दिएर ४ आना जग्गा आफ्नो नाममा ल्याउँदा हर्ष मनााउने मेयर डंगोलको कार्यक्षमता अति कमजोर रहेको १४ दिनमा देखिइसकेकोक छ । उनले गर्ने अपेक्षा नै नगर्दा हुन्छ ।’ ती अधिकारीले भने ।
मेयरको बागडोर सम्हालेको करिब दुईसाता पुगिसकेको छ, न गतिलो सचिवालय नै न त कर्मचारी । शहरी योजना आयोग खाली छ । उपाध्यक्षमा कसलाई नियुक्ति गर्ने ? हालसम्म केही जानकारी छैन । केही व्यक्ति मेयरसँग भेट गर्न कार्यकक्षमा पुगे भने सचिवालयका गौतमले बीच बाटोबाटै फर्काइदिन्छन् ।
वास्तबमा सचिवालयको विषयमा खासै जानकारी नभएको कर्मचारी राख्नाले मेयरलाई समस्या भइरहेको छ–स्रोतले भन्यो । मेयर सचिवालयमा आउने कर्मचारी तयार हुँदा पनि डंगोलले वास्ता गरेकी छैनन् । सबै गौतमकै सल्लाह सुनेर निर्णय गर्नाले समस्या बढेको छ । गौतमको चुरीफुरी देख्दा त प्रमुख प्रशासकीय अधिकृत भन्दा कम छैन ।
यस्तै कर्मचारीले मेयरलाई सल्लाह दिदा शुरुमै समस्या आउन थालेको कर्मचारीको भनाइ छ । एक कर्मचारीले भने–‘मेयर साबले ठूलो परिवर्तन गर्नुहोला भन्ने सोचका थियौं, हात्ती आयो फुस्सा जस्तै भएको छ । खै योजना, बजेट कार्यान्वयन गर्ने विषयमा ध्यानै छैन, मेयर डंगोलको अकिलेको काम कार्यक्रममा जाने र आउनेमात्र भएको छ ।’
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend