काठमाडौं । महानगरबासीलाई लागेको थियो, सुनिता डंगोलले काठमाडौं महानगर प्रमुखको बागडोर सम्हालेपछि ठूलै परिवर्तन हुन्छ । तर प्रमुखको जिम्मेवारी पाउँदा पनि उनले केही परिवर्तन गर्न सकेको महसुस महानगरबासीले गर्न सकेको छैनन् ।
मेयरको सचिवालय नहुँदा र सचिवालय प्रमुख जिम्मा पाएका सौरभ गौतमको गलत सल्लाहका कारण महानगर झन भद्रगोल भएको छ ।
डंगोलको कमजोर नेतृत्वका कारण कामपामा जुनियरले मस्ती गरिरहेका छन् भने सिनियर कर्मचारी कार्यालय गएर हाजिर गरेर फर्कनेमात्र काम भएको छ ।
तल्लो तहका महिला कर्मचारीले प्रमुख डंगोललाई गुमराहमा पारिरहेका छन् । स्रोतका अनुसार सम्पदा विभागमा कार्यरत कुमारी राई, वातावरण व्यवस्था विभागमा कार्यरत सरिता राई, विपद् व्यवस्थापन विभागमा कार्यरत प्रविण प्याकुरेल आठौं तहका कर्मचारी हुन् । यी जुनियरले महत्वपूर्ण जिम्मेवारी पाउँदा दशौं तहमा कार्यरत बलराम त्रिपाठी, नमराज ढकाल लगायत कर्मचारी कामविहीन भएका छन् ।
जुनियर कर्मचारीको कुरा सुनेर सिनियर कर्मचारीलाई कामविहीन बनाएकी मेयर डंगोलले शून्य प्रगति हासिल गरेको आरोप कर्मचारीको छ । डंगोलले माघ ५ गते कार्यबाहक मेयरको जिम्मेवारी पाइन् । लगत्तै सबै विभागीय प्रमुखसँग ब्रिफिङ गरिन् । त्यसको परिणाम खासै आउन सकेन । मेयर बालेन्द्र साहसँगै स्वतः हटेको शहरी योजना आयोगमा पुरानै उपाध्यक्षको हालीमुहाली छ ।
उपाध्यक्ष सुमननरसिह राजभण्डारी अहिले पनि कार्यालयमा हाजिर भइरहेका छन् । तर जिम्मेवारी पाउन सकेका छैन्न । कसले दिने मेयरलाई सल्लाह कसैको कुरा नसुनेपछि यस्तै हो–कर्मचारीको आरोप थियो । महानगरमा अहिले त प्रतिनिधिसभाको क्षेत्र नं–९मा एमालेबाट चुनावी प्रतिस्पर्धामा होमिएका अजयक्रान्ति शाक्यको हालिमुहाली छ । महानगरका एक अधिकारी भन्छन्–‘अजय सरले नभनेसम्म मेयर साबले केही गर्नुहुन्न ।’
‘कामपाको नाममा रहेको ७ रोपनी जग्गा गृहमन्त्रालयलाई दिएर ४ आना जग्गा आफ्नो नाममा ल्याउँदा हर्ष मनााउने मेयर डंगोलको कार्यक्षमता अति कमजोर रहेको १४ दिनमा देखिइसकेकोक छ । उनले गर्ने अपेक्षा नै नगर्दा हुन्छ ।’ ती अधिकारीले भने ।
मेयरको बागडोर सम्हालेको करिब दुईसाता पुगिसकेको छ, न गतिलो सचिवालय नै न त कर्मचारी । शहरी योजना आयोग खाली छ । उपाध्यक्षमा कसलाई नियुक्ति गर्ने ? हालसम्म केही जानकारी छैन । केही व्यक्ति मेयरसँग भेट गर्न कार्यकक्षमा पुगे भने सचिवालयका गौतमले बीच बाटोबाटै फर्काइदिन्छन् ।
वास्तबमा सचिवालयको विषयमा खासै जानकारी नभएको कर्मचारी राख्नाले मेयरलाई समस्या भइरहेको छ–स्रोतले भन्यो । मेयर सचिवालयमा आउने कर्मचारी तयार हुँदा पनि डंगोलले वास्ता गरेकी छैनन् । सबै गौतमकै सल्लाह सुनेर निर्णय गर्नाले समस्या बढेको छ । गौतमको चुरीफुरी देख्दा त प्रमुख प्रशासकीय अधिकृत भन्दा कम छैन ।
यस्तै कर्मचारीले मेयरलाई सल्लाह दिदा शुरुमै समस्या आउन थालेको कर्मचारीको भनाइ छ । एक कर्मचारीले भने–‘मेयर साबले ठूलो परिवर्तन गर्नुहोला भन्ने सोचका थियौं, हात्ती आयो फुस्सा जस्तै भएको छ । खै योजना, बजेट कार्यान्वयन गर्ने विषयमा ध्यानै छैन, मेयर डंगोलको अकिलेको काम कार्यक्रममा जाने र आउनेमात्र भएको छ ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend