Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदका नियमित कार्यक्रम स्थगित गर्न राप्रपाद्वारा माग


    आइतबार, जेष्ठ २१ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबारको संसद बैठकमा नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे छलफल गर्न नियमित कार्यक्रम स्थगित गर्न माग गरेको छ।

    राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद सचिवालयमा संसद बैठकमा नागरिकता विधेयक र प्रधानमन्त्रीको भ्रमणबारे छलफल गर्न नियमित कार्यक्रम स्थगित गर्न माग गरेका छन्।

    संसद सचिवालयमा उनले आज नियमित कार्यक्रम स्थगन प्रस्ताव दर्ता गरेका छन्।

    ‘प्रतिनिधिसभा नियमावली,२०७९को नियम ७४ बमोजिम देहाएको अत्यन्त जरुरी सार्वजनिक महत्वको बिषयमाथि छलफल गर्न आजको बैठकको कार्यक्रम स्थगित गरियोस् भनी सूचना दिएका छौँ,’ स्थगन प्रस्तावमा भनिएको छ, राष्ट्रपति रामचन्द्र पौडेलले नीति र नियम विपरित नागरिकता विद्येयक प्रमाणीकरण गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण मुलुकको हित विपरित छ।

    उक्त बिषयमा छलफल हुनुपर्नेमा छलफल नै नगरि संसद नियमित रुपमा अघि नबढाई स्थगित को माग गर्छु। प्रमुख सचेत ज्ञानेन्द्र शाहीले सचिवालयमा दर्ता गरेको पत्रमा भनिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार