काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा आज शनिबार उनले यस्तो बताएका हुन् ।
आफू सभापति पदमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवापुस्ताको पालो भएको उल्लेख गरे । पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनले स्पष्ट पारे ।
पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए । आफूले कांग्रेसलाई अहिले देशकै ठूलो पार्टी बनाएको पनि उनले बताए ।
“नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ । सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनु छ । अझ यसलाई बलियो बनाउनु छ,” उनले भने, “गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न, पार्टी ठूलो बनाउनुस् । बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो । मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।”
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend