Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता


    बिहिबार, जेष्ठ १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो ।

    भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    आजै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका थिए । त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्रीले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता भेट गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार