Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियाविरुद्ध नेपालको सानदार जित


    बिहिबार, जेष्ठ १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मलेसियाविरुद्धको महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आफ्नो जित निकालेको छ। उक्त खेलमा नेपाल २७ रनले विजयी भएको हो । यो जितपछि पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।

    नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भयो । श्रृंखलामा विजयी सुरुवात गरे पनि मलेसियाले लगातार दुई खेलमा हार बेहोर्‍यो ।

    तेस्रो खेलमा नेपालले दिएको १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित अविजित ४४ रन बनाइन् ।

    यस्तै, विनीफ्रेड आनी दुराईसिंघमले २० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले १/१ विकेट लिए ।

    नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

    कविता कुँवर दुई रनमा आउट भइन् । विन्दु रावल तीन र कविता जोशी एक रनमा अविजित रहे । मलेसियाका लागि निक नूर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले १/१ विकेट लिए ।

    नेपाल र मलेसियाबीचको चौथो टी–२० शनिबार हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार