काठमाडौँ। मलेसियाविरुद्धको महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आफ्नो जित निकालेको छ। उक्त खेलमा नेपाल २७ रनले विजयी भएको हो । यो जितपछि पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।
नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भयो । श्रृंखलामा विजयी सुरुवात गरे पनि मलेसियाले लगातार दुई खेलमा हार बेहोर्यो ।
तेस्रो खेलमा नेपालले दिएको १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित अविजित ४४ रन बनाइन् ।
यस्तै, विनीफ्रेड आनी दुराईसिंघमले २० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले १/१ विकेट लिए ।
नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।
कविता कुँवर दुई रनमा आउट भइन् । विन्दु रावल तीन र कविता जोशी एक रनमा अविजित रहे । मलेसियाका लागि निक नूर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले १/१ विकेट लिए ।
नेपाल र मलेसियाबीचको चौथो टी–२० शनिबार हुनेछ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend