Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • एमाले निकट युवा संघले जलायो अखण्ड भारतको नक्सा


    बुधबार, जेष्ठ १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले निकट युवा संघले अखण्ड भारतको नक्सा जलाएको छ। नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै एमालेको भातृ संगठन युवासंघले काठमाडौंको नयाँ बानेश्वरमा राँके जुलुससहित अखण्ड भारतको नक्सा जलाएको हो ।

    उनीहरुले ‘सरी मोदी ब्रोहरु, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ लगायत नारा लगाएर विरोध प्रर्दशन गरेका थिए ।

    भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्सामा राखेपछि नेपालमा त्यसको आक्रोशसहित विरोध सुरू भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार