Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत भ्रमणका लागि निस्केका प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगे


    बुधबार, जेष्ठ १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चारदिने भारत भ्रमणका लागि आज बुधबार निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा उनको स्वागत गरिएको छ । यसका लागि सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । प्रधानमन्त्री दाहालको स्वागतका लागि भारत सरकारका रेलवे मन्त्री राओसाहेब पटिलको नेतृत्वमा विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थल पुगेका छन् ।

    गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन् ।

    चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार