काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टीका नेता झलनाथ खनालमाथि अभद्र ढंगले दुर्व्यवहार भएको र दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।
समाजवादीले आज एक विज्ञप्ति जारी गरेर खनाल सहभागी कार्यक्रममा मञ्चमै पुगेर दुर्व्यवहार गरिएको भन्दै कारबाही गर्न भनेको हो।
‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ,’ पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस्।’
पुराना वामपन्थी नेताहरूले मंगलबार अनामनगरमा भारतले नवनिर्मित संसद् भवनको भित्तामा नेपालका भूभागसमेत उल्लेख गरेर नक्सा राखेको बारे विमर्श गरेका थिए।
कार्यक्रममा पुगेका केही युवाले खनालले राजावादीहरूको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति दिने गरेको भन्दै प्रश्न उठाएका थिए।
समूहमा रहेका युवाले होहल्ला र नाराबाजी गर्न थालेपछि सुरक्षा फौज बोलाएर उनीहरूलाई बाहिर निकालिएको थियो।
होहल्ला गर्नेमध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend