काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टीका नेता झलनाथ खनालमाथि अभद्र ढंगले दुर्व्यवहार भएको र दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।
समाजवादीले आज एक विज्ञप्ति जारी गरेर खनाल सहभागी कार्यक्रममा मञ्चमै पुगेर दुर्व्यवहार गरिएको भन्दै कारबाही गर्न भनेको हो।
‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ,’ पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस्।’
पुराना वामपन्थी नेताहरूले मंगलबार अनामनगरमा भारतले नवनिर्मित संसद् भवनको भित्तामा नेपालका भूभागसमेत उल्लेख गरेर नक्सा राखेको बारे विमर्श गरेका थिए।
कार्यक्रममा पुगेका केही युवाले खनालले राजावादीहरूको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति दिने गरेको भन्दै प्रश्न उठाएका थिए।
समूहमा रहेका युवाले होहल्ला र नाराबाजी गर्न थालेपछि सुरक्षा फौज बोलाएर उनीहरूलाई बाहिर निकालिएको थियो।
होहल्ला गर्नेमध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend