Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण: आज पनि बयान जारी


    मंगलबार, जेष्ठ १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बयान जारी छ।

    आज न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले‍ जानकारी दिए। सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन।

    इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको सूचना अधिकारी दाहालले बताए।

    राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए। यसअघि इजलासले पाँच जनाको बयान लिइसकेको छ।

    गत आइतबार इजलासले टंककुमार गुरूङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो। इन्द्रजितको पनि आइतबार नै बयान लिने तयारी गरे पनि अस्वस्थ रहेको भनेपछि लक्ष्मीको बयान गराइएको थियो।

    प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको यो साताभर बयान हुने सम्भावना छ।

    बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ।

    सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार