Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन १० दिनको समय


    मंगलबार, जेष्ठ १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन संवैधानिक परिषदले आह्वान गरेको छ।

    आज सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

    कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ। कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ।

    कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।

    सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो। यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ।

    सुनुवाइ समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधनसमेत गरेका थिए। गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो भने सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार