एजेन्सी। भारतको जम्बुमा भक्तजन चढेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस गहिरो खाडलमा खस्दा ९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त बस दुर्घटनामा धेरै जना घाइते भएको बताइएको छ । घाइते सबैलाई अस्पताल पठाएको छ भने मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।
यसअघि जम्मूका डीसीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । तर, अहिले मृत्यु हुनेको संख्या बढेको छ । घाइतेहरुलाई सरकारी मेडिकल कलेज र अस्पतालमा लगिएको छ ।
पञ्जाबको अमृतसरबाट श्री माता वैष्णो देवी कटडा जाँदै गरेको भक्तजनको बस झज्जर कोटली क्षेत्रमा पुलबाट खसेको हो । पुलको खाडल करिब ५० फिट गहिरो रहेको बताइएको छ ।
यसअघि सोमबार रियासी जिल्लाको कटराको मुरी क्षेत्रमा बस दुर्घटना हुँदा कैयौं घाइते भएका थिए । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेलाई अस्पताल पुर्याएको थियो । उद्धार कार्य जारी छ। बस अमृतसरबाट आउँदै गरेको र बिहारका मानिस सवार रहेको बताइएको छ । कटरा जाने बाटो बिर्सेर बस सो स्थानमा पुगेको बताइएको छ ।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend