Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाकी सांसद कंसाकारले लिइन् शपथ


    सोमबार, जेष्ठ १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथ लिएकी छन् । आज संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले समानुपातिकतर्फबाट निर्वाचित कंसाकारलाई शपथग्रहण गराएका हुन् ।

    मकवानपुरकी कंसाकार ‘एसिड सर्भाइवल’ हुन् । तत्कालीन सांसद ढाकाप्रसाद श्रेष्ठले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो ।

    श्रेष्ठले पार्टीबाट मन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’लाई २ करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै प्रसाईंसँग रकम उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

    त्यसपछि रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार