Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदबाट बजेट पारित


    सोमबार, जेष्ठ १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ ।

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

    सरकारले पारित गरेको उक्त बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

    जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार