Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली महिला क्रिकेट टाेली मलेसियासँग पाँच विकेटले हार्‍यो


    सोमबार, जेष्ठ १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • क्वालालम्पुर। आइतबारदेखि सुरु भएको पाँच खेलको टी २० महिला क्रिकेट शृंखलामा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो।

    ब्याटिङमा सम्हालिन नसकेको नेपालका लागि सम्झना खड्काले १३ तथा ज्योति पाण्डेले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    घरेलु टिमविरुद्ध निरीह देखिएको नेपालले ५० रनको मात्रै योगफल बनाउन सक्यो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

    नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले दुई–दुई तथा कविता कुँवरले एक विकेट लिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार