Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्य दलसँग छलफलमा सभामुख घिमिरे


    सोमबार, जेष्ठ १५ २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भ्रष्टाचार गरेको आरोप पछि प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले अहिले सदनको अवरोध हटाउनेबारे छलफल गरिरहेका छन् ।

    माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएपछि बैठक अवरोध गरेको थियो ।

    सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार अहिले संसदमा एमालेले गरेको अवरोध हटाउन मुख्य दलका नेताहरूसँग सभामुखले छलफल गरिरहेका छन् ।

    छलफलमा एमालेले सांसद दाहालले लगाएको आरोप पुष्टि गर्नुपर्ने र यसको जवाफ सरकारले दिनुपर्ने अडान कायमै राखेको छ । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक अझै बस्ने सकेको छैन । बैठकको समय परिवर्तन गरी ३ बजेलाई तोकिएकोमा त्यो पनि टरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार