Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • डा. शेखर कोइराला भन्छन्- गणतन्त्रको खुसी नागरिकको अनुहारमा छैन


    सोमबार, जेष्ठ १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुकै कारण गणतन्त्रमाथि चुनौती थपिएको औंल्याएका छन् ।
    ‘अहिले कतिपयले गणतन्त्र कमजोर हुनुमा पूर्वराजालाई दोष दिइरहेका छन् ।

    तर गणतन्त्रलाई पूर्वराजाबाट खतरा छैन । छ भने हामीबाटै खतरा छ । हामी कानुनी राज्य नमान्ने, संविधानका कुरा कुरा नमान्ने, सर्वोच्च अदालतको फैसला पनि नमान्ने हो भने गणतन्त्रको के अर्थ भयो र ? शीर्ष नेताहरु बसेर जे मन लाग्यो त्यही गर्ने, शासन हामीले चलाउने अनि दोष राजालाई दिने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

    नेता डा. कोइरालाले गणतन्त्रको खुसी नागरिकको अनुहारमा नदेखिएको पनि बताए । उनले भने, ‘मुलुकमा कानुनी राज्य छैन । सुशासन छैन । भ्रष्टाचार मौलाएर गएको छ । रोजगारीको अवसर छैनन् । नेतृत्वमा लोकतान्त्रिक संस्कार छैन । सुप्रिम कोर्टले गरेको निर्णय सरकारले उल्टाउँदै छ । यसले जनतालाई के असर गर्छ ? दण्डहीनताले प्रश्रय पाउँछ । वास्तवमा भन्ने हो भने गणतन्त्रको खुसी नागरिकको अनुहारमा छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार