Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लगातार चौथोपटक पनि एमबाप्पे उत्कृष्ट खेलाडी घोषित


    सोमबार, जेष्ठ १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। केलिएन एमबाप्पे लगातार चौथोपटक फ्रेन्च लिग वानमा प्लेयर अफ द सिजन घोषित भएका छन् । एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हासिल गरेको हो । एमबाप्पेकै उत्कृष्ट प्रदर्शनमा पीएसजीले योपटक कीर्तिमानी ११औँपल्ट लिग उपाधि जितेको थियो ।

    फ्रान्सका एमबाप्पे ज्लाटन इब्राहिमोभिकको कीर्तिमान तोड्दै चारपटक अवार्ड जित्ने खेलाडी बनेका छन् । लगातार चारपटक सिजनको उत्कृष्ट खेलाडी घोषित हुने एमबाप्पे फ्रान्सका एक्लो फरवार्ड हुन् ।

    “टिमका सहयात्री, क्लबका कर्मचारी, पर्दा पछाडि बसेर काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’’ २४ वर्षीय एमबाप्पेले भने, “म सधैँ आफ्नो प्रभाव छोड्न चाहन्छु । मैले यति चाँडो यस्तो सफलता हासिल गर्ने आस गरेको थिइनँ । तर, म आफ्नो देशमा इतिहास रच्न पाउँदा खुसी छु ।’’

    पीएसजीले शनिबार स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै एक खेल बाँकी हुँदै उपाधि जितेको हो ।

    लेन्सलाई दोस्रो स्थानमा पुर्‍याएपछि फ्रान्क हाइसेलाई सिजनको उत्कृष्ट प्रशिक्षक घोषित गरियो । लेन्सले २१ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार