Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्तो छ आज सुन-चाँदीको मूल्य


    आइतबार, जेष्ठ १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

    जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

    आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार एक लाख ८ हजार तीन सय रुपैयाँमा छापावल सुन, एक लाख ७ हजार ८ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार