Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशी प्रदेशको बजेट अधिवेशन आजबाट


    आइतबार, जेष्ठ १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आजबाट कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरू हुनै लाग्दा विराटनगरमा बिहानैदेखि प्रहरीले धरपकड सुरू गरेको छ।

    कोशी प्रदेशको बर्खे (बजेट) अधिवेशन (आज)बाट सुरू हुँदैछ। प्रदेश सभा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ। तर, पहिचानको आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि प्रशासनले धरपकड सुरू गरेको हो।

    आन्दोलनमा उत्रिएका लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

    प्रदेश सभालाई लक्षित गरेर प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा पनि जारी गरेको छ।

    तर, आन्दोलनकारीहरूले बिहानैदेखि त्यसको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्।

    गत पुस १७ गते प्रदेश सभा बैठकले कोशी प्रदेश नामकरण गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार