Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप छनोट : राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने अनुपस्थित


    शनिबार, जेष्ठ १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आगामी जून र जूलाईमा जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ । सुरु भएको प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित छन् ।

    त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने/नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको निकट स्रोतले बतायो ।

    ‘अहिलेसम्म दक्षिण अफ्रिका जाने तय भइसकेको छैन,’ स्रोतले भन्यो, ‘त्यसैले बन्द प्रशिक्षणमा अनुपस्थित रहनुभएको हो ।’ नेपाल क्रिकेट संघ (क्यान) भने सन्दीपलाई कुनै पनि हालतमा छुटाउने पक्षमा छैन । विश्वकप छनोटका लागि घोषित २२ सदस्यीय प्रारम्भिक टिममा सन्दीपलाई समावेश गरिएको छ ।

    क्यानका प्रवक्ता दुर्गाराज पाठक सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाबे लैजाने वातावरण बनाउन सबै पहल भइरहेको बताउँछन् । ‘हामीले आफ्नो तर्फबाट सबै पहल गरिरहेका छौं, उहाँ टिममा नहुँदा हामीलाई धेरै ठूलो धक्का हुन्छ,’ उनले भने ।

    सन्दीपको मुद्दामा मंगलबारलाई अर्को पेशी तोकिएको छ । यसअघि ५ पटक तोकिएको पेशीमा लगातार सुनवाई स्थगित भएपछि सन्दीप निराश बनिरहेका छन् । मंगलबारको पेशी पनि स्थगित भए दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोत बताउँछ । उनले यो विषयमा प्रशिक्षक मोन्टी देसाई र क्यानका पदाधिकारीहरुलाई पनि जानकारी गराएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार