Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यार्सा टिप्न लेक जानेको लर्काे, टिप्ने ठाउँमा हिउँले ढकमक्क


    शनिबार, जेष्ठ १३ २०८०
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • गोरखा। बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि लेक जानेको लर्काे लागेको छ। तर लेक पूरै हिउँले ढाकेर यार्सागुम्बा टिप्न नपाएपछि दुईसाताअघि लेक पुगेका छेकम्पारका बासिन्दा चिन्तित भएका छन्। यार्सा एक बहुमुल्य जडिबुटि हो

    यसवर्ष हिउँ ढिला परेको र आधा जेठ बितिसक्दा पनि हिउँ परिरहेकाले यार्सागुम्बा संकलन गर्न नपाएको लेक पुगेर फर्केका छिरिङ लामाले जानकारी दिए।

    ‘हिजो पनि आधा फिट हिउँ प¥यो। गाउँलेहरू पालभित्रबाट निस्कन सकेका छैनन्। मचाहिँ घर छोडेको धेरै भयो एकफेर घर हेरेर आउँछु भनेर गाउँमा आएको छु’, छिरिङ भन्छन्, ‘लेक गएको दुई हप्ता भयो, अहिलेसम्म जम्मा ५०–६० वटा जम्मा पारेको छु। कुनै दिनमा आठ दसवटा फेला पर्छ, कुनै दिन रित्तै फर्कनुपर्छ।’ यार्सागुम्बा संकलन गर्ने भूभाग सबैतिर हिउँले ढाकेको उनले बताए।

    दुई, अढाइ महिनालाई पुग्ने रासनपानी लिएर गएकाले यार्सागुम्बा टिप्न नपाएपनि गाउँलेहरू उतै पालभित्र बसिरहेका छन्। ‘अब दुईहप्तासम्म हिउँ उठेन र यार्सागुम्बा हिउँभित्रै भइरह्यो भने कुहिनेछ। अनि वर्षदिनमा एकफेर यही यार्सागुम्बा बेचेर पैसाको मुख देख्न पाइन्थ्यो। पैसाको मुख देख्नै नपाइने भयो’, छिरिङ भन्छन्, ‘त्यही भएर गाउँलेहरू चिन्तित छन्।’

    चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा गाउँको घरमा ताल्चा लगाएर यार्सागुम्बा संकलन गर्न छेके तथा बाजु लेक गएका छन्। तर, सो गाउँपालिकाको वडा नं. १ सामागाउँका बासिन्दा भने अझै पनि यार्सागुम्बा संकलन गर्न गएका छैनन्। सामागाउँमा यार्सागुम्बाको सिजन अझै नआइसकेको स्थानीय मिङ्मा छिरिङको भनाइ छ।

    यस भेगको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा हो। यहाँका स्थानीयहरुले यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च टार्ने गर्छन्। त्यसैले सिजन लागेपछि घरमा ढोका थुनेर सबै घरपरिबार यार्सागुम्बा संकलन गर्न लेकतिर जाने गर्छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार