काठमाडौं । आर्थिक वर्ष २०८/०८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका निम्ति राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपिया“को बजेट सिलिङ तोकेको छ । सिलिङकै वरिपरि बजेट आउने अर्थ मन्त्रालय स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो । यसपटक विगतमा जस्तो बजेटको अंक बढाउन सक्ने अवस्था छैन ।
स्रोत संकुचित हु“दै गएकाले सिलिङभित्रै बजेट निर्माण गर्नुपर्ने बाध्यता सरकारलाई रहेको स्रोतको भनाइ छ । सरकारले चालू आर्थिक वर्षमा योजना आयोगले दिएको सिलिङभन्दा ४३ अर्ब रुपियाँ वृद्धि गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ को बजेट प्रस्तुत गरेको थियो । तर, चालू आर्थिक वर्षको न्यून पुँजीगत खर्च र राजस्व संकलनमा भएको संकुचनका कारण साढे १५ खर्ब रुपियाँ मात्रै बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।
चालू आर्थिक वर्षका निम्ति बजेट खर्चको संशोधित अनुमानको लक्ष्यका निम्ति नै स्रोतको सुनिश्चितता नभएको भन्दै ९ प्रतिशत अर्थात १ खर्ब ३९ अर्ब बढीको सिलिङ आयोगले दिएको छ । विगतको परम्पराअनुसार आयोगले दिएको सिलिङभन्दा अर्थ मन्त्रालयले प्रस्तुत गर्ने बजेटको आकार केही ठूलो हुने गरेकाले यसपटक पनि बजेटको आकार सिलिङभन्दा बढी हुनसक्ने अनुमान छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend