काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्।
यस प्रकरणमा आईजीपी कुँवर पनि संलग्न भएको सञ्चारमाध्यममा समाचार आएपछि सांसद शाहीले यस्तो माग गरेका हुन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा शाहीले भने, ‘नेपाल प्रहरीका आईजीपीविरुद्ध पनि पत्रपत्रिकामा आएको छ। एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?’
तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटिरहनुले पनि यो प्रकरणको मुद्दा कमजोर हुन सक्ने उनको भनाइ थियो।
उनले भने, ‘नाम पत्रिकामा भकाभक आइराखेको छ। तीन दल बसेर खुसुखुसु गर्नुहुन्छ । यसो बालुवाटारतिर लुकी लुकी त्यो गरेपछिमुद्दा कमजार हुँदै जान्छ,नेताहरूका नाम पनि आइराखया छ। तिनीहरूको के गर्ने ? उम्काइदिने ?’ यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend