Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा ग्याँस लिक भएर आगलागी, एक वृद्ध घाइते


    बुधबार, जेष्ठ १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-३ जामिरमा सिलिण्डरको ग्यास लिक भएर आगलागी भएको छ। आगलागी हुँदा एक वृद्ध जलेर गम्भीर घाइते भएका छन् ।

    बिहानै ग्यास चुल्होमा चिया पकाउने क्रममा आगलागी हुँदा ८० वर्षीय अमर सिंह ठगुन्ना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    ठगुन्नाको खुट्टा, टाउको र हात जलेको बताइएको छ ।

    शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका ठगुन्नाको अहिले गोकुलेश्वर अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ । अवस्था गम्भीर रहेकाले अस्पतालले काठमाण्डौ रेफर गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार