Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभा महिला भलिबलमा भारतविरुद्ध भिड्दै नेपाल


    बुधबार, जेष्ठ १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेबाट खेल सुरु हुने भएको हो ।

    यसअघि लगातार दुई खेल जित्दै नेपाल र भारत दुबैले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । नेपाल र भारतबीचको खेलमा जित हात पार्ने टोली समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

    यसअघि नेपाल र भारत दुबैले कीर्गिस्तान र बंगलादेशलाई हराउँदै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार