काठमाडौँ। नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय लिएको छ।
गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णय विपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।
आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको एक प्रदेशसभा सदस्यले बताए।
‘जसपाले हामीलाई पेलेको पेलै गर्यो। गठबन्धनका केन्द्रीय नेताहरूबीच लोसपा र माओवादीलाई दुई-दुई वटा मन्त्रालय दिने सहमति भएको थियो तर अहिले एउटै मन्त्रालय दिने भन्दैछ। जसपाले कांग्रेससँग एकलौटी डिल गरेर मन्त्रीमण्डल विस्तार गर्न खोजेको छ,’ ती सांसदले भने, ‘सबै ठूला मन्त्रालयहरू जसपा र कांग्रेसले आफैले राख्न खोजेका छन्। जनमतको मन्त्रालय पनि खोसेर उसलाई सरकारबाट हटाउन खोजेको छ जबकी प्रधानमन्त्रीले उसलाई पनि सरकारमा सँगै राख्न भन्नुभएको छ।’
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारबाट बाहिरिने निर्णय भएको पुष्टि गरे।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । आज सामाजिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend