Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २० वर्षपछि न्युक्यासल च्याम्पियन्स लिगमा


    मंगलबार, जेष्ठ ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिए पनि न्युक्यासल युनाइटेडले इङ्लिस प्रियिमर लिगको शीर्ष चारमा स्थान पक्का गर्दै आगामी सिजनका लागि च्याम्पियन्स लिग समूह चरणमा स्थान पक्का गरेको छ ।

    इन्जुरी समयको दोस्रो मिनेटमा गोलकिपर निक पोपले टिमोथी कास्टान्जेको प्रहार विफल पार्दै न्युक्यासलको हारको संकट टारेका थिए । यसअघि कालुम विल्सन, मिग्वेल एल्मिरोन र ब्रुनो ग्युमारेजले गरेको प्रहारमा पोस्ट बाधक बन्दा न्युक्यासलले अग्रता लिने अवसर गुमाएको थियो ।

    ३७ खेलमा ७० अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक बढी हो । लिग च्याम्पियन म्यानचेस्टर सिटीको ३६ खेलमा ८८ र दोस्रो स्थानको आर्सनलको ३७ खेलमा ८१ अंक छ । न्युक्यासलले पछिल्लो २० वर्षमा च्याम्पियन्स लिगमा स्थान बनाएको यो पहिलो पटक हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार