काठमाडौँ। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान जारी छ।
आज शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
‘दुबै जनाको बयान जारी छ। करिब एक घण्टादेखि छुट्टाछुट्टै बयान भइरहेको हो,’ उनले भने।
समितिका अध्यक्ष मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। त्यही दिन उनीहरूलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो। उक्त प्रकरणमा प्रहरीले उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरेको हो।
मियाँ हाल हिरासतमै रहेका एमाले सांसद टोपबहादुर रायमाझी निकट छन्। उनकै प्रस्तावमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले उनलाई अध्यक्ष बनाएका थिए। त्यसपछि पनि उनैको प्रस्तावमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले पनि कार्यकाल थपिदिएका थिए।
उनले चढ्ने सरकारी गाडी समेत यस प्रकरणमा प्रयोग भएको पाइएको हो। जसकारण उनको पनि संलग्नता खुलेको थियो।
यस्तै रिजालको पनि आर्थिक लेनदेन एवं संलग्नता भएको भन्दै पक्राउ गरिएको थियो।
शुक्रबार प्रहरीले उनीहरू दुबैमाथि सोधपुछ गरेको थियो। प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। यसको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend