Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • भालुको आक्रमणबाट तनहुँमा एकजना घाइते


    बिहिबार, जेष्ठ ४ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको व्यास नगरपालिकामा भालुले आक्रमण गर्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।

    आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो । आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो ।

    विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार