Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सगरमाथा आरोहणका क्रममा लेक लागेर भारतीय नागरिकको मृत्यु


    बिहिबार, जेष्ठ ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सगरमाथा आरोहणका क्रममा उक्त क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सगरमाथा क्षेत्र भ्रमणमा आएकी ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युस रहेकी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको थियो।

    लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार