काठमाडौं । मजदुरी गरेर जीविकोपार्जन। आर्थिक अवस्था निकै कमजोर। महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ। त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्याइदिने वचन। वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै पत्यारलाग्दो सपना।
जसकारण मोरङको पथरी शनिश्चरेका रमेश राई (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बन्न तयार भए। उनलाई आश्वासन दिने पथरी शनिश्चरे नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष सागर राई चिनजानकै साथी थिए। उनले अमेरिका उड्न रमेशसँग १० लाख रुपैयाँ मागे।
रमेशले केही रकम साथीभाइसँग ऋण मागे। केही ससुरालीको जग्गा धितो राखेर ऋणपान गरे। ‘तीन महिनामा अमेरिका पठाउने भनेर पैसा मागे। २ लाख साथीभाइसँग ऋण खोजेर दिएँ,’ रमेश भन्छन्, ‘८ लाख जुटाउन ससुरालीको जग्गा धितो राखेँ। तर, अहिले न अमेरिका जान पाइयो, न त पैसा नै फिर्ता भयो।’
परिवार पाल्नै समस्या भएपछि तत्कालीन वडाध्यक्ष राईको सल्लाहअनुसार आफू अघि बढेको रमेशले बताए। अमेरिका जाने सपना पालेर दिएको पैसा डुब्दा ऋण तिर्न र धितो राखेको जग्गा उकास्न नपाएको उनको गुनासो छ। ऋणको ब्याज तिर्न आफ्नो नाममा भएको १० धुर जग्गा बेचिसकेको रमेशले सुनाए। ‘नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि मसँगै परिवार पनि तनावमा छन्’, उनी भन्छन्, ‘दिएको पैसा त डुब्यो नै, कारबाही पनि भोग्नुपर्ने हो कि भन्ने त्रासमा छौं।’
उनका अनुसार सुरुमा १० लाख र अमेरिका पुगिसकेपछि थप १५ लाख दिने सर्त थियो। तर, अहिले आएर बिल्लीबाठ भएको उनको गुनासो छ।
‘तनावका कारण मानसिक समस्या निम्तियो। अहिले औषधि खाँदै छु’, रमेश भन्छन्, ‘सागरलाई भेटेर पटक–पटक पैसा फिर्ता गरिदिन आग्रह गरें। मिति उल्लेख नगरीकन उनले बैंकको चेक दिए पनि खातामा पैसा छैन।’
तपाईंको पैसा डुबाउँदिनँ भनेर आश्वासन दिने सागर पक्राउ परेपछि झन् तनावमा परेको उनी बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend