Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा अटोरिक्सा दुर्घटना, एकको मृत्यु, एक जना घाइते


    मंगलबार, जेष्ठ २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जुम्ला। जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकातिर कातिर जाँदै गरको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको हो ।

    अटोरिक्सा पातारासी–७ स्थित कोटाभीरमा दुर्घटनामा परेको हो । न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइसकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।

    उनका अनुसार पातारासी ३ का ४२ वर्षीय कृष्णबोहोरा घाइते भएका छन् । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । अटोचालक चन्दननाथ नगरपालिका तलिउमका गोविन्द सार्की प्रहरी नियन्त्रणमा छन् ।

    मृतक न्यौपाने कार्यक्रमको सिलसिलामा पातारासी गाउँपालिका जाँदै गरेका थिए । लामो समयदेखि सामाजिक अभियन्ताका रुपमा कार्य गरिरहेका न्यौपानले गैरसरकारी संस्था महासंघमा आवद्ध थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार