काठमाण्डाै। आज सोमबारदेखि साझा यातायातले थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ ।
बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै छन् । यसअघि गएको असारदेखि साझाले तीन वटा बिजुलीका बस सञ्चालन गरिरहेको छ । साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि चल्ने छन् ।
एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको साझाले जनाएको छ । बाँकी बसलाई पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनको अनुसार यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् ।
अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्याम्पसहितको सुविधा पनि छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend