Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि साझा यातायातले थप तीन वटा बिजुलीका बस सञ्चालन गर्दै


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आज सोमबारदेखि साझा यातायातले थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ ।

    बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै छन् । यसअघि गएको असारदेखि साझाले तीन वटा बिजुलीका बस सञ्चालन गरिरहेको छ । साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि चल्ने छन् ।

    एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको साझाले जनाएको छ । बाँकी बसलाई पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनको अनुसार यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् ।

    अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार