Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आजदेखि एमडीएमएस लागू, अब दर्ता नभएका मोबाइलमा सिम नचल्ने


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ।आजबाट नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते (आज) देखि एमडीएमएस प्रणाली लागू गरहेको हो ।

    अब दर्ता भएका मोबाइल मात्रै चल्ने भएका छन् । विदेशबाट भित्रिने मोबाइल दर्ता नगरे सिम नचल्ने भएको हो ।

    आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वत: एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने हुन्छ ।

    यसैबीच वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार